पोखरा । बुधबार विहानै लमजुङ केन्द्रविन्दु भएर गएकाे भूकम्पले विभिन्न स्थानमा क्षति पुर्याएका खबरहरू आउन थालेका छन्।
लमजुङमा केही घर भत्केको खबर आएको छ। केही मानिस घाइते भएका छन्।
२ वटा घर भत्किँदा २ जना घाइते भएका छन्। घाइतेकाे उपचार भैरहेकाे छ।
लमजुङको बेसिशहर नगरपालिका वडा ८ चनाैटे र साेही नगरपालिकाकाे वडा नम्बर ११ रामचाेकबेसीमा एउटा एउटा घर भत्किदा २ जना घाइते भएका हुन् ।
मानिसहरू बालबच्चा बोकेर घर बाहिर निस्केका थिए।
लमजुङको भुलभुले केन्द्रविन्दु भएर बिहान ५ बजेर ४२ मिनेट जाँदा गएकाे भूकम्पकाे म्याग्निच्युड ५.८ भएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएकाे छ ।
भूकम्पको धक्का पाेखरा, गाेरखा, धादिङ, काठमाडौँ उपत्यकासहितका क्षेत्रमा महशुस भएको थियो ।
Facebook Comments Box