सप्तरी । कोरोना सङ्क्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयरको ज्यान गएको छ ।
विराटनगरमा रहेको विराट नर्सिङ होम तथा विराटनगर अस्पतालमा आज बिहान ४ बजे उपमेयर आशा चौधरीको ज्यान गएको हो ।
चौधरीलाई दुई हप्ता अघिदेखि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या हुने लगायतका लक्षण देखिएको थियो ।
गर्भवती समेत रहेकी उनलाई थप असहज भएपछि फत्तेपुर मोडल पोलिक्लिनिकमा सामान्य उपचारपछि विराटनगर लगिएको थियो ।
१० दिनअघि अस्पताल भर्ना भएकी उनलाई आईसीयूमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि भन्टिलेटरमा सारिएको थियो ।
Facebook Comments Box