विर्तामाेड । हात्तीकाे आक्रमणबाट झापामा एकजनाकाे मृत्यु भएकाे छ ।
मेचीनगर नगरपालिका–९ का ४५ वर्षीय श्याम राईको गएराति जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।
मध्यरातमा गाँउ पसेको हात्तीलाई खेदाउने क्रममा राई आक्रमणमा परेका थिए ।
हात्तीकाे आक्रमणमा परि घाइते भएका राईकाे मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा विहान २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box