झापा । मेचीनगर नगरपालिकाले हरेक महिनाको तालिका अनुुसार सञ्चालन गदैं आएको खोप सेवा स्थगन गरेको छ ।
जन्मेदेखि १५ महिनामूनिका बालबालिका र गर्भवती महिलाहरुलाई नगरपालिकाको खोपकेन्द्र एवम् स्वास्थ्य केन्द्रहरुले सञ्चालन गदैं आएको १२ वटा रोग विरुद्धको नियमित खोप स्थगन गरेको नगरले जनाएको छ ।
नगरपालिकाले प्रत्येक महिनाको ३ गतेबाट तालिका अनुसार खोप सञ्चालन गदैं आएको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको संक्रमणलाई मध्यनजर गर्दै जेठ महिनाको खोप सेवा स्थगन गरिएको नगर प्रमुख विमल आचार्यद्वारा जारी सूचनामा उल्लेख छ ।
नगरको धुलावारी प्राथमिक स्वास्थ्य केन्द्र, दुहागढी, धाइजन, बाहुनडाँगी, ज्यामिरगढी र काँकरभिट्टा स्वास्थ्य चौकीले खोपसेवा प्रदान गदैं आएको छ ।
मेचीनगर नगरपालिका २०७५ असार ७ गते विधिवतरुपमा पूर्णखोप नगरपालिका घोषणा भईसकेको छ ।
Facebook Comments Box