बिर्तामोड । कोरोना भाइरसको संक्रमणबाट झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र खाम्याहाङको मृत्यु भएको छ ।
विर्तामोडस्थित बिएण्डसी अस्पतालको भेन्टिलेटरमा उपचाररत खाम्याहाङको सोमबार दिउँसो मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए।
वैशाख १७ गते खाम्याहाङलाई अस्पतालमा भर्ना गरिएको थियो।
Facebook Comments Box