यो विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने, राष्ट्रियता, सामाजिक- आर्थिक रुपान्तरण र समाजवाद निर्माणको मुख्य संवाहकका रुपमा नेपाल कम्युनिष्ट पार्टीलाई स्थापित गर्ने र यसलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको ‘च्याम्पियन’ बनाउने हाम्रो इमान्दार प्रयास थियो । तर कतिपय नेताहरुका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका मदन भण्डारी प्रगतिशील राष्ट्रवादका संवाहक हुनुहुन्थ्यो । नेपालको राष्ट्रिय हित रक्षाका लागि अविचलित अडान राख्दै उहाँले राष्ट्रियताको आन्दोलनलाई सही ढङ्गले परिभाषित समेत गर्नुभयो ।
ती मान्यताहरु राष्ट्रिय हितको रक्षाका लागि आज पनि उत्तिकै सान्दर्भिक र मार्गदर्शक रहेका छन् । सिद्धान्तको निम्ति जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्छ भन्ने मान्यता राख्नु हुने, राष्ट्र र जनताको हितमा अविचलित ढङ्गले उभिने र अत्यन्त प्रभावकारी भाषामा जनतालाई सम्बोधन गर्न सक्ने मदन भण्डारी भूमिगत जीवनबाट सार्वजनिक भएको छोटो समयमै जनतामाझ अत्यन्त लोकप्रिय हुनुभयो । सार्वजनिक सर्वेक्षणमा शताब्दी नायकका रुपमा चयन हुनु भएका मदन भण्डारी नेपाली जनताको मनमा ‘जननेता’का रुपमा स्थापित हुनुभएको छ ।
तत्कालिन सङ्गठन विभाग प्रमुख कमरेड जीवराज आश्रित नेपाली कम्युनिष्ट आन्दोलनका एकजना भरोसायोग्य नेता हुनुहुन्थ्यो । आधारभूत वर्गबाट उठेर पार्टी नेतृत्वमा पुग्न सफल उहाँ पार्टीको बलियो सङ्गठनात्मक आधार निर्माणका अग्रणी हुनुहुन्थ्यो । उहाँले हुर्काउनु भएका सयौ कार्यकर्ताहरु आज आन्दोलनको अग्रमोर्चामा स्थापित छन् । जननेता मदन भण्डारी र कमरेड जीवराज आश्रितको निधन नेपालको कम्युनिष्ट आन्दोलनका लागि एउटा अपूरणीय क्षति र गम्भीर धक्काको विषय थियो । कतिपय विरोधीहरुले उहाँहरुको निधनसंगै नेपाली कम्युनिष्ट आन्दोलन ओहालो लाग्दै समाप्त हुने भविष्यवाणी समेत गरेका थिए ।
तर ती सबै अनुमान र भविष्यवाणीहरु व्यर्थ साबित भएका छन् । निश्चय नै, यस अवधिमा हामीले गम्भीर धक्का बेहोरेका छौं । विभाजन, एकीकरण र पुनः विभाजनको प्रक्रियाबाट गुजेका छौं । प्रतिगमन र हिंसाका दुष्चक्रको सामना गर्न वाध्य भएका छौं । यी सबका बावजुद कम्युनिष्ट आन्दोलन निरन्तर नयां उचाइतिर अगाडि बढिरहेको छ, किनभने भौतिक शरीर नरहे पनि उहाहरुले हामीलाई सही विचार र सुदृर संगठन छाडेर जानुभएको थियो ।
आज कम्युनिष्ट आन्दोलनको पहल र नेतृत्वमा राजतन्त्रको अन्त्य भएर मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । जनताका प्रतिनिधिहरुबाट निर्मित प्रगतिशील संविधान जारी भएको छ । आज नेपाली कम्युनिष्ट आन्दोलन मुलुकको मुख्य शक्तिका रुपमा स्थापित भएको छ र नेकपा (एमाले) मुलुकको प्रमुख राजनीतिक दलका रुपमा सरकारको नेतृत्व गरिरहेको छ।
तीन वर्ष अगाडि आजैका दिन हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचमा पार्टी एकीकरण गरेका थियौ । यो विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने, राष्ट्रियता, सामाजिक- आर्थिक रुपान्तरण र समाजवाद निर्माणको मुख्य संवाहकका रुपमा नेपाल कम्युनिष्ट पार्टीलाई स्थापित गर्ने र यसलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको ‘च्याम्पियन’ बनाउने हाम्रो इमान्दार प्रयास थियो । तर कतिपय नेताहरुका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरणको अभियान निष्कर्षमा पुग्न सकेन ।
आज नेकपा (एमाले) उक्त एकीकरणको बिरासतलाई अगाडि बढाउदै नयाँ स्वरुपमा पुनःस्थापित भएको छ । हामी कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने यस अभियानमा निरन्तर लागिरहन कृतःसङ्कल्पित छौं । जननेता मदन भण्डारी र कमरेड जीवराज आश्रितको २८ औं स्मृति दिवसका सन्दर्भमा आज हामीले सङ्कल्प गर्नु पर्दछ, हामी जनताको बहुदलीय जनवादको निरन्तर रक्षा, कार्यान्वयन र विकास गर्दै जाने छौं । अधिकारको प्राप्ति, अवसरमा पहुँच, सामाजिक न्याय र समानताको सुनिश्चितता भएको समाज निर्माण गरिछाड्ने छौं ।
राष्ट्रियताको सम्वर्द्धन र राष्ट्रिय हितको रक्षाका लागि अविचलित रुपमा क्रियाशील रहने छौ । अनि यी उद्देश्य प्राप्तिका लागि पार्टीलाई एकतावद्ध, जनआधारित, गतिशील, अनुशासित र मुलुकको नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने छौं ।
फेरि एकपल्ट, जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली !