झापा । झापा जिल्ला सहकारी संघले कोरोनाको महामारीमा खटिने सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
संघले ६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
संघले पिपिई सेट ६० थान, मास्क १०हजार थान, फेस सिल्ड १ हजार थान, सेनिटाईजर १० हजार लिटर, हेण्ड ग्लोब्स १ हजार सेट लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
संघका अध्यक्ष गणेश ढकाल र सचिब भानु दंगालको नेतृत्वको
टोलीले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
जिल्ला सहकारी संघको आन्तरिक कोषबाट खर्च गरी स्वास्थ्य सुरक्षा सामग्री खरिद गरि हस्तान्तरण गरेको संघले जनाएको छ ।

Facebook Comments Box