झापा । झापामा एकका लागि एक अभियानले स्थापना गरेको अक्सिजन बैंकका लागि विभिन्न संघ-संस्था तथा व्यक्तिगत रुपमा सहयोग जुट्न थालेको छ ।
अभियानले स्थापना गरेको अक्सिजन बैंकमा सहयोग गर्न चाहने दाताहरुले सहारा नेपाल साकोस प्रा.लि.को खाता नं 301.006.06.10.os.1 र एनआईसी एसिया बैंकको खाता नं 0941122326524002 मार्फत सहयोग गर्न सकिने अभियानका संयोजक महेन्द्र गिरीले जानकारी दिए ।
त्यससँगै विदेशमा रहने सहयोगी दाताहरुले सहयोग गर्न चाहेमा अन्तर्राष्ट्रिय झापाली समाज कोरिया, अन्तर्राष्ट्रिय झापाली समाज पोर्चुगल लगायतका संस्थासँग समन्वय गर्न सकिने गिरीले जानकारी दिए ।
उनका अनुसार हालसम्म विभिन्न संघ-संस्था तथा व्यक्तिगत सहयोग मार्फत २ सय ५० सिलिण्डर सहयोगको प्रतिबद्धता भइसकेको छ ।
Facebook Comments Box