झापा । कोरोनाको संक्रमण तिब्र गतिमा फैलिएपछि झापाको दमक नगरपालिकाले आगामी १ जेठ गतेदेखि लागू हुने गरी पूर्ण रुपमा बन्द गर्ने तयारी गरेको छ ।
नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो ।
१ गतेदेखि दमकमा कुनै पनि पसल–व्यवसाय, हिंडडुल आदि बन्द गरिएको छ ।
वित्तिय संस्थाहरु समेत सातामा दुई दिन मात्रै खुल्नेछन ।
नयाँ भेरियन्टसहितको कोरोना संक्रमणका कारण दमकमा अहिले सम्म ८ जनाको मृत्यु भइसकेको छ भने ३ सय ५० बढी सक्रिय संक्रमित छन ।
Facebook Comments Box