बिर्तामोड । झापाको मेचीनगर–१० स्थित टिकापुरमा ट्रकसँग मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
बुधबार राति ९ बजे उक्त दुर्घटना भएको हो।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६३ प २७९० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रतीत भइ मुख्य सडकको छेउमा रोकेर राखिएको भारतीय नम्बरको ट्रकमा ठोक्किएको थियो।
सोही दुर्घटनामा परि मोटरसाइकल चालक मेचीनगर–१२ का ३० बर्षीय कुजैहाङ लिम्बु घाइते भएका थिए।
बिर्तामोडमा रहेको बिएण्डसी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
Facebook Comments Box