झापा । विवेकशिल साझा युवा संगठन जिल्ला कमिटी झापाले सुकुम्बासी बस्तिका अति विपन्न ४० परिवारलाई खाद्यान्य वितरण गरेको छ ।
झापाको कमल गाउँपालिका वडा नं २ मा रहेको सुकुम्बासी बस्तिका परिवारलाई २५ हजार रुपैँया बराबरको खाद्यान्य सामग्री वितरण गरेको हो ।
दैनिक ज्याला मजदुरी गरेर जिविकोपर्जन गर्दै आएका परिवारमा लकडाउनका कारण छाक टार्न समस्या भएपछि संगठनले अति विपन्न परिवारको पहिचान गरी खाद्यान्य उपलब्ध गराएको हो ।
विवकशील साझा युवा संगठन जिल्ला कमिटि झापाको एक टोलिले बैशाख २८ गते स्थलगत अध्यान समेत गरेको थियो ।
उक्त बस्तिमा धेरै वृद्धवृद्धा, बालबालिका तथा असायहरुको बसोबास रहेको छ ।

Facebook Comments Box