बिर्तामोड । शुक्रबार साँझ झापाको बुधबारेमा भएको सवारी दुर्घटनामा परि बुद्धशान्ति गाउँपालिकाका कर्मचारी दिपक नेपालको मृत्यु भएको छ।
उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनामा परि गम्भीर घाइते भएका उनलाई अस्पतालमा मृत घोषित गरिएको थियो।
ठक्कर दिने मोटरसाइकल र चालक फरार रहेको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ।
Facebook Comments Box