गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन् ।
मुसिकोट नगरपालिका–४ दजाकोटकी १८ वर्षीया करिश्मा गाहाको चट्याङ्ग लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
आज बिहान उजिरबहादुर गाहा र भीम श्री गाहाको घरमा चट्याङ्ग लागेको हो । चट्याङ्ग लागेर घाइते भएका उनीहरुलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याउने क्रममा गाहाको भने बाटोमै ज्यान गएको थियो ।
घाइते हुनेहरुमा दजाकोटका ४२ वर्षीया जुनी गाहा, १८ वर्षीया मेलिना गाहा, ८ वर्षीय जेनित गाहा, ३८ वर्षीय तुलबहादुर गाहा, ६० वर्षीय उजुर सिंह गाहा, ५५ वर्षीया फटिकला गाहा, ३२ वर्षीय चित्रबहादुर गाहा र २८ वर्षीया ज्योती गाहा रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिए।
घाइतेहरुमध्ये चार जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ भने अन्य चार जनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ ।