बिर्तामोड । अदालतले कैद सजाय सुनाएका बैंकिङ कसुर मुद्दाका फरार झापाको बिर्तामोड नगरपालिका वार्ड नं ७ गरामनीका बिष्णु गौतमलाई पक्राउ गरि झापा कारागार पठाइएको छ।
जिल्ला प्रहरी झापाका अनुसार उच्च अदालत बिराटनगरको इलाम इजलाशले गत पुस महिनाको १३ गते उनलाई कैद सजाय सुनाएको थियो।
हालसम्म फरार रहेका गौतमलाई आइतबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।
गौतमलाई अदालतले एक महिनाको कैद सजाय र ४० लाख रुपैयाँ जरिमानाको सजाय सुनाएको थियो।
Facebook Comments Box