भद्रपुर । देवकोटा स्मारक संरक्षण समिति ,देवकोटा चोक ,चन्द्रगढीले एक भव्य र सभ्य साहित्यिक कार्यक्रको आयोजना गरि महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८अौं जन्मजयन्ती धुमधामका मनाएको छ।
लेखनाथ पुस्तकालय चन्द्रगढीका सभापति नवराज घिमिरेको प्रमुख आतिथ्य, भाषाविद चूडामणि रेग्मी, प्राध्यापक होम सुवेदी र पूर्व अञ्चल न्यायधीश नन्दप्रसाद पौडेलको विशेष आतिथ्य रहेको कार्यक्रममा भद्रपुर-१४ ,चन्द्रगढी निवासी साहित्यकार देवीचरण भण्डारी ‘सरोज’ र साहित्यकार लक्ष्मी पौडेललाई सम्मान गरिएको थियो ।
सम्मानित व्यक्तित्वहरु मध्ये भण्डारीको परिचय प्राध्यापक तारा विविध र पौडेलको परिचय गजलकार आरती पोखरेलले गराएकी थिइन् । भण्डारीको परिचय गराउने क्रममा प्राध्यापक तारा विविधले सम्मानित व्यक्तित्व भण्डारीका कान्छा सुपुत्र प्रभात भण्डारी र जीवन संगिनी गीतालाई भण्डारीको घरायसी दिनचर्या र साहित्यिक पक्षका वारेमा जानकारी गराउन आग्रह गरे अनुरुप प्रभात र गीताले संक्षेपमा जानकारी गराएका थिए ।
यसैगरी साहितयकार भण्डारीको बाल साहित्यिक व्यक्तित्व र गजलकार व्यक्तित्वको चर्चा गर्दै भण्डारीलाई एउटा बालगीत र एउटा गजल गाउन अनुरोध गरेका थिए । प्रमुख अतिथि तथा विशेष अतिथिहरुले दोसल्ला, अविरटीका, फूलमाला तथा सम्मान( पत्रद्वारा सम्मानित व्यक्तित्वद्वयलाई सम्मान गरेका थिए ।
कार्यक्रममा हाल अमेरिका निवासी डा परशुराम दाहालले पुहाँतु जनज्योति मा. वी. बाट एस. एल. सी. परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने एकजना छात्र र एकजना छात्रालाई प्रत्येक वर्ष उपलब्ध गराउँदै नगदराशी २५ सय यस वर्ष देखि बढाएर ३५ सय रुपैयाँमा आएको प्रतिभा प्रोत्साहन पुरस्कार विवश भट्टराई ,भद्रपुर ११ र कोमिका अधिकारी, भदरपुर १२ लाई ससम्मान प्रदान गरिएको थियो ।
सो गरिमामय कार्यक्रममा प्रतियोगितात्मक बाल कविगोष्ठी पनि संचालन गरिएको थियो। २० जना बालकविहरुले प्रतियोगितामा भाग लिएका थिए । सहभागी प्रतियोगीहरु मध्ये रचना रिमाल,विदिसा ढकाल,आश्मा शर्मा र शुभेच्छा दाहाल क्रमशस् प्रथम, द्वितीय, तृतीय र शान्त्वना स्थान प्राप्त गरेका थिए।
विजेता बालकविहरुलाई प्रमुख अतिथि तथा विशेष अतिथिहरुले पुरस्कार प्रदान गरेका थिए। निर्णायक मण्डलमा आरती पोखरेल, महेश पौडेल र राजु वराल रहेका थिए।
कार्यक्रममा हरिप्रसाद न्यौपाने , चन्द्रमणि पौडेल, राजेन्द्र भट्टराई लगायतले अप्रतियोगी कविता र रुक्मिणा ढकाल र रचना रिमालले गीत गाएका थिए।
सोही कार्यक्रममा आयोजक संस्थालाई साउण्ड सिष्टम यन्त्र खरिदका लागि रू २०,०००र( नगद उपलब्ध गराउने घोषणा गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि घिमिरे, विशेष अतिथिहरु चूडामणि रेग्मी, होम सुवेदी ,सम्मानित व्यक्तित्वहरु देवीचरण भण्डारीू सरोजू र लक्ष्मी पौडेलले शुभकामना मन्तव्य राखेका थिए ।
आयोजक संस्थाका का. वा. अध्यक्ष जयप्रसाद श्रेष्ठको सभापतित्व र हिराप्रसाद पोखरेलको संचालन रहेको कार्यक्रममा स्वागत भवानी ढकालले गरेका थिए ।