कनकाई । पूर्व–पश्चिम राजमार्ग अन्तरगत झापाको कनकाई नगरपालिका–१, जुके कल्भर्टमा आइतबार यात्रुबहाक बसले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
झापाको शिवगञ्ज ४ बस्ने वर्ष ४९ का चन्द्र कपुर राईको मृत्यु भएको हो ।
विपरित दिशाबाट आइरहेको ना ५ ख ६१७३ नम्बरको यात्रुबहाक बसले मे २ प ९३४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
उनलाई उपचारका लागि अस्पताल लग्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ ।
Facebook Comments Box