विर्तामाेड । काेराेना भाइरस संक्रमणको बढ्दो ग्राफलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय झापाले आलोपालो प्रणालीमा सेवा दिने भएकाे छ ।
प्रशासन झापाले मंगलबार एक सूचना जारी गर्दै १६ गतेदेखि लागू हुने गरि आलोपालो सेवा प्रवाह गर्ने जनाएकाे हाे ।
विशेषगरि नागरिकता र नागरिकताको प्रतिलिपि लिन आउनेको चाप बढी भएकाे भन्दै प्रशासनले आलोपालाे सेवा सुचारु गर्ने निर्णय गरेकाे सूचनामा उल्लेख छ ।
जसअनुसार मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका सर्वसाधारणले आइतबार सेवा पाउनेछन् भने भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकाका सर्वसाधारणले सोमबार सेवा पाउनेछन् ।
विर्तामोड नगरपालिकाका नागरिकले मंगलबार सेवा पाउँदा कनकाई नगरपालिका र झापा गाउँपालिकाका नागरिकले बुधवारमात्र सेवा पाउनेछन् ।
बाह्रदशी र हल्दिवारी गाउँपालिकाका नागरिकले बिहीवारमात्र प्रशासनबाट नागरिकतासम्बन्धी सेवा पाउनेछन् भने अर्जुनधाराका नागरिकले शुक्रबारमात्र पालाे पाउनेछन् ।
ताेकिएकाे दिनबाहेक अन्य दिनमा जाने सेवाग्राहीले सेवा नपाउने प्रशासनले जनाएकाे छ ।
दमक र गाैरीगञ्ज इलाका क्षेत्रका सर्वसाधारणका हकमा भने कार्यालय खुलेका सबै दिन सेवा पाउने सूचनामा उल्लेख छ ।
विस्तृतमा हेर्नुस् सूचनाः
