दमक । आइतबार विहान दमकमा भएको आगलागीबाट पीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी, दमकले प्रारम्भिक चरणको राहत वितरण गरेको छ ।
रेडक्रसका उपसभापति पदम बुढाथोकीले दिएको जानकारी अनुसार एक थान त्रिपाल, ओढ्ने कमल एक थान, भाडा वर्तन लगायतका अत्यावश्यक सामग्री वितरण गरिएको छ ।
दमक १५ को शान्ति चोकमा तेजनाथ दाहालको घरमा आगलागी हुँदा ५० लाख रुपैयाँ बराबरको क्षति भएको थियो । एक तले टिनको घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो ।
मे ७ प १०१२ नम्बरको होण्डा साइन मोटरसाइकल, दमक नगरपालिका इ ३४६ नम्बरको सिटी सफारी, दुई थान टिभी, मोबाइल ४ वटा र नगद १ लाख २० हजार रुपैयाँ समेत घरसँगै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।
Facebook Comments Box