बिर्तामोड । झापा बिर्तामोडको रामचोकमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ रामचोकमा शनिबार साँझ मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १० प ५५२० नम्बरको मोटरसाईकलमा पछाडि सवार अर्जुनधारा नगरपालिका वडा नं ७ की सुसना राईको मृत्यु भएको हो ।
दुर्घटनाबाट गम्भीर घाइते भएकी २७ वर्षीया राईको बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक सोही स्थानका ३० वर्षीय सुमन थापा सकुशल छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Facebook Comments Box