बिर्तामोड । झापाको कमल गाउँपालिका–४ मा मोटरसाइकलले ठक्कर दिँदा बालकको मृत्यु भएको छ।
शनिबार अपरान्ह सितापुरीमा प्र–१–०१–०१२ प १६०२ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही गाउँपालिका ५ बस्ने ७ वर्षिय निश्चल खड्कालाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका खड्कालाई दमकस्थित लाइफलाइन अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेको दमक ट्राफिकले जानकारी दिएको छ ।
ठक्कर दिने सवारी र चालकलाई दमक प्रहरीले नियन्त्रणमा लिएको छ ।
Facebook Comments Box