काठमाडौं । नवनिर्मित धरहराको शनिवार उद्घाटन हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र दिवसको अवसर पारेर बिहान ११ बजे उद्घाटन कार्यक्रम रहेको छ।
करिब ३ अर्ब ४८ करोड लागतमा नयाँ धरहरा बनाइएको हो।
ओलीले २०७५ पुसमा धरहरा पुनःनिर्माणको शिलान्यास गरेका थिए। उद्घाटन भए पनि सर्वसाधारणले धरहरा चढ्ने अझै पाउने छैनन्।
२०७२ को भूकम्पले ढलाएको भीमसेन स्तम्भलाई भने सिसाले छोपेर राखिएको छ।
Facebook Comments Box