बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका वार्ड नं ३ मा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।
माछा पाल्न बनाइएको पोखरीमा डुबेर १३ बर्षिय बालकको ज्यान गएको हो।
बुद्दशान्ति-३ स्थित सयपत्री चोकमा रहेको पोखरीमा डुबेर सोही ठाउँका १३ बर्षिय निपेश पौडेलको ज्यान गएको प्रहरीले जनाएको छ।
उनी गर्मी छल्न साथीसँग पौडी खेल्न जाँदा उनको ज्यान गएको हो।
उनीसँगै गएका बर्ष १४ का सुजन चौहानको भने लिभिङ होप अस्पताल बुधबारेमा उपचार भइरहेको छ।
करिव १५ फिट गहिरो पोखरीमा साथी डुबेको खबर स्थानीयबासीलाई गरेपछि डोजर लगाएर पानी कटाइए पनि बालकको ज्यान बचाउन नसकिएको प्रहरीले जनाएको छ।
निपेश बुधबारेको महानन्द शिक्षा सदनको कक्षा-७ मा अध्ययनरत छात्र रहेको प्रहरीले बताएको छ।
Facebook Comments Box