काठमाडौं । नेकपा एमालेको नयाँ पार्टी कार्यालय थापाथलीबाट बालिका खड्का पक्राउ परेकी छिन्।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई गालीगलौज गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
बिहीबार थापाथली सरेको पार्टी कार्यालयमा खड्का पुगेकी थिइन्।
खड्कालाई पार्टी कार्यालय परिसरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
मुख्यमन्त्री राईलाई ‘बलात्कारी’ जस्ता अपशब्द बोल्दै खड्का गाली गलौजमा उत्रेकी थिइन्।
Facebook Comments Box