बिर्तामोड । झापाको चारआली-चन्द्रगढी सडक खण्डमा बिहीबार बिहान सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।
पानी बोक्ने मिनीट्रकले सिटी सफारीलाई ठक्कर दिँदा भद्रपुर नगरपालिका वार्ड नं ९ की अन्दाजी ७० बर्षिया गायत्रीदेवी प्याकुरेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।
प्याकुरेल सिटी सफारीमा सवार थिइन्। उनको घटनास्थलमै मृत्यु भएको हो।
बिहान करिब साँढे नौ बजे मे. १ क २६७ नं को मिनी ट्रकले सिटी सफारीलाई ठक्कर दिएको थियो।
ठक्कर दिने मिनी ट्रक र त्यस्का चालकलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ।
Facebook Comments Box