काठमाडौं । विभिन्न मुलुक उड्न लागेका १२२ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ।
वैदेशिक रोजगारका लागि विभिन्न देश जान लागेका १२२ जना यात्रुलाई विमानस्थलबाट फर्काइएको हो।
स्वाब नै नलिइ नेगेटिभ रिपोर्ट दिने गरेको सिनामंगलको सूर्या ल्याबको रिपोर्ट लिएर विमानस्थल पुगेका १२२ जनालाई फर्काइएको विमानस्थलका प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए।
फर्काइएका यात्रु नेपाली र भारतीय नागरिक हुन्। उनीहरु एयर अरेबिया, सलाम एयर र जजिरा एयरबाट बुधबार बिहान उड्न लागेका थिए।
सूर्या ल्याबले स्वाब नै नलिई ९ हजार रुपैयाँमा नक्कली पीसीआर रिपोर्ट तयार गर्ने गरेको पाइएको थियो। ल्याबका सञ्चालकसहित ८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।
Facebook Comments Box