बिर्तामोड । झापा मेचीनगर नगरपालिका १३ चारआली चौकस्थित पूर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ।
मंगलबार बेलुका साढे ७ बजे पश्चिमतर्फ जाँदै गरेको को२८प ८८९१ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको मे१ ख८११ नम्बरको ट्रकले ठक्कर दिई दुर्घटना भएको थियो ।
सो दुर्घटनाबाट मोटरसाईकल चालक मोरङ पथरीशनिश्चरे नगरपालिका ९ का २१ बर्षीय प्रवेश बयलकोटी घाईते भइ उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पुर्याउना साथ उनको मृत्यु भएको हो ।
सोही मोटरसाईकल पछाडी सवार सोही स्थान बस्ने २२ बर्षीय सागर लिम्बु सामान्य घाईते भइ मनकामना अस्पताल चारआलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ट्रक र चालक झापा अर्जुनधारा २ का ५६ बर्षीय सुमन दनुवार प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ।
Facebook Comments Box