बिर्तामोड । झापाको मेचीनगरमा भारतीय ट्रकले ठक्कर लिँदा एकजना साइकल यात्रीकाे मृत्यु भएकाे छ ।
मेचीनगर ७ स्थित एनएमसी डेरी उद्योग छेउमा आज बिहान ९ः३० बजे भारतीय ट्रकले ठक्कर दिँदा साइकल यात्रीकाे मृत्यु भएकाे हाे।
पश्चिमबाट पूर्व आउदै गरेको डब्लुवि ७३ वी ३३२४ नम्बरको भारतीय मिनी ट्रकले बाटाे क्रस गर्दै गरेका मेचीनगर–७ इच्छा टोलका ३२ वर्षिय साइकल यात्री मनोज मेचेलाई ठक्कर दिएकाे हाे ।
ठक्करपछि गम्भीर घाइते भएका मेचेलाई उपचारका लागि बिर्तामोडस्थित वीएण्डसी अस्पताल लगिएकोमा उपचारै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।
प्रहरीले दुर्घटना गराउने ट्रकलाई नियन्त्रणमा लिएपनि ट्रक चालक भने फरार छन् ।
Facebook Comments Box