बिराटनगर । विद्यालयका बालबालिकामा कोरोना संक्रमण देखिएपछि प्रदेश नं १ को विराटनगर महानगरपालिकाले एक साताको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
विराटनगरमा कोरोना संक्रमण दर बढेसँगै नगरभित्रका विधालय एक साताको लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको मेयर भीम पराजुलीले बताए ।
पछिल्लो समय विराटनगरमा २९ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।
विराटनगर महानगरको शिक्षा समितिको बैठकले तत्काललाई एक साताका लागि महानगरभित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखाका प्रमुख दुर्गा खतिवडाले जानकारी दिए ।
महानगरपालिकाको तथ्याङ्क अनुसार शनिबारसम्म विराटनगरमा १ सय ३८ जनामा कोरोना संक्रमण देखिएको थियो । तीमध्ये २९ जना २० वर्षमुनिका हुन् ।
Facebook Comments Box