प्युठान । गुल्मीबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेकाहरु सवार जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
लु१ज १६५५ नं.को जिप बुधबार बिहान प्युठानको रुमाले भन्ने स्थान नजिकै दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी इन्सपेक्टर देवीप्रसाद गैरेले जानकारी दिए ।
मृत्यु हुनेमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने र जिपका चालक रहेका प्रहरीले जनाएको छ।
सडकबाट डेढसय मिटर तल भीरमा जिप खसेको छ। दुर्घटनामा घाइते भएका चार जनाको अवस्था गम्भीर रहेको छ।
उनीहरुलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ लैजाने तयारी भइरहेको छ।
Facebook Comments Box