विर्तामोड । जंगली हात्तीको आक्रमणबाट झापा गरामनी ४ का जयनारायण अधिकारीको मृत्यु भएको छ ।
शनिबार दिउँसो किसानभिट्टास्थित आफ्नै निवासमा खेतमा गाई फुकाउन जाँदा ६० बर्षिय अधिकारीलाई जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी हरिप्रसाद शर्माले जानकारी दिए ।
दिउँसो १२. ४० बजे अधिकारीलाई हात्तीले आक्रमण गरेको थियो । मृतक शव मेची अञ्चल अस्पतालमा पोस्टमार्टम पश्चात आफन्तले जिम्मा लिइसकेको शर्माले बताए ।
Facebook Comments Box