काठमाडौं १३ कार्तिक । अाज यमपञ्चकको दोस्रो दिन कात्तिक कृष्ण चतुदर्शी। घरघरमा आज्ञाकारी जनावर कुकुरको पूजा गरेर मनाइँदैछ । कुकुरलाई भैरवको वाहन मानिएको छ । मानिस निकट जनावरको रूपमा कुकुरलाई लिइन्छ ।
यसै दिन नर्क पखाल्ने वा नर्क बगाउने भनेर झिसमिसेमा तेल घसेर स्नान गर्ने र जरा माटो काँडासहितको अपमार्गको बिरुवालाई टाउकोमा तीनपल्ट घुमाएर नदी तलाउमा बगाउँदै नर्क कटाउने प्रचलन छ ।
Facebook Comments Box