बर्दिया । बर्दिया राष्ट्रिय निनुञ्जमा गैँडा गणना गर्न गएको टोलीमाथि बाघले आक्रमण गरेको छ।
बाघको आक्रमणमा परि माउतेको ज्यान गएको हो।
आइतबार साँझ पौने ६ बजेतिर ठाकुरबाबा नगरपालिका–९ गैडामचानस्थित राष्ट्रिय निकुञ्ज भित्र गैँडा गणना गर्न गएका बेला निकुञ्जमै कार्यरत हात्तीका माउते ३५ वर्षीय पुलिसराम थारुको बाघको आक्रमणमा परी मृत्यु भएको हो।
थारु हात्ती चढेर गैँडा गणनाको कार्यमा संलग्न रहेका थिए।
तर हात्तीबाट भुईँमा झरेका बेला चौधरीलाई बाघले आक्रमण गरी लगेको हो।
Facebook Comments Box