बिर्तामोड । प्रतिबन्धित लागू पदार्थ ब्राउन सुगरसहित झापाबाट एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कचनकवल गाउँपालिका वडा नं. २ सुकुनाडिगी बस्ने २८ वर्षिय संजय लामा रहेका छन् ।
आइतवार दिउँसो १.५० बजे कचनकवल गाउँपालिका वडा नं. २ सुकुनाडिगीमा लागूऔषध बिक्री भईरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले लामालाई खानतलासी गर्दा २५ ग्राम ५० मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो ।
Facebook Comments Box