बिर्तामोड । झापा बिर्तामोडका एक जना होटल सञ्चालकको शव चारआलीको जंगलमा भेटिएको छ।
दुई दिनदेखि बेपत्ता उनको लाश चारआलीको जंगलमा भेटिएको प्रहरीले जनाएको छ।
बिर्तामोडको गाउँले होटलका संचालक तिलक निरौला झापाको चारआली जंगलमा मृत फेला परेका हो।
निरौला बिर्तामोड ५ का बासिन्दा हुन्।
निरौला मोटरसाइकलसहित २ दिनअघि बेपत्ता भएको बताइएको छ।
उनको बारेमा मे. ९ प २२०९ नम्बरको मोटरसाइकलसहित निरौला बेपत्ता भएको सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरुप्रसाद तिम्सिनाले जानकारी दिए।
Facebook Comments Box