बिर्तामोड । झापाको बिर्तामोडमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
विगत तीन वर्षदेखि आफैले संरक्षण गरेर घरमा राखेको नातेदार पर्ने बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पीडित परिवारको तर्फबाट इलाका प्रहरी कार्यालय बिर्तामोडमा गत चैत १८ गते किटानी जाहेरी दर्ता गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
लामो समयदेखि यौन हिंसाको सिकार भइरहेकी बालिकाले चैत १६ गते उक्त घटनाबारे सुनाएकी थिइन् ।
Facebook Comments Box