काठमाडौं – मानव बेचबिखन मुद्दामा प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका पाँचथर आङग्राङका छत्रबहादुर विश्वकर्मा पक्राउ परेका छन् ।
नेपाली युवालाई क्यानाडा पठाइदिन्छु भनेर श्विकर्माले नयाँदिल्ली हुँदै कुवेत, ओमनलगायतका मुलुकमा लगि अलपत्र पारेको आरोप पीडितहरुको छ ।
महामनगरीय प्रहरी अपराध महाशाखाले विश्वकर्मालाई ललितपुर बागडोलबाट पक्राउ गरेको हो ।
नयाँदिल्लीस्थित द्वारकमोडमा बसेर मानव बेचविखन सञ्जाल बनाएका विश्वकर्माले नेपाल, ओमन, कुवेत, कुर्दिस्तानलगायत मुलुकसम्म संगठित रुपमा मानव बेचवखन तथा ओसारपोसारमा संलग्न रहेको महाहाखाले जनाएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Facebook Comments Box