सर्लाही । सुशिल यादवको टाउको काटी हत्या गर्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले सार्वजनिक गरेको छ।
हत्यामा संलग्न मलङ्वा नगरपालिका १० बस्ने बर्ष ४५ का बिमलकान्त पाठक र उनका भाञ्जा भारत बिहार बथनाहा घर भैइ हाल मलङ्वा बस्दै आएका बर्ष ४१ का असोक झालाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका एसपी सन्तोष सिह राठौरले जानकारी दिए ।
घरायसी लेनदेनको विषयलाई लिएर बिमलकान्त पाठक र असोक झाले योजना बनाएर यादबलाई हत्या गरेको एसपी राठौरले जानकारी दिए ।
मलंगवा नगरपालिका वडा न-१० नागेन्द्र रायका छाेरा अन्दाजी ३० वर्षीय सुशील रायकाे १२ गते बिहीबार बिहान पचगछिया चौरी नजिकैको खेतमा शरिरबाट टाउकाे काटिएको अवस्थामा स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेको थियो । ।
रायको टाउको ६० मिटरको दुरीमा अर्को खेतमा भेटिएको थियो।
Facebook Comments Box