जनकपुरधाम । महोत्तरीमा सातजना किशोरी एकै पटक वेपत्ता भएका छन् ।
मंगलबार दिउसो घाँस काट्न गएका उनीहरु सम्पर्क विहीन भएका हुन् ।
महोत्तरीका प्रहरी उपरीक्षक दिवेश आचार्यका अनुसार भंगहा–८ स्थित धरमपुरमा घाँस काट्न गएका २ बालिका र ५ किशोरीसहित सातजनाको सम्पर्कविहीन भएका हुन् ।
सम्पर्कविहीन भएकाहरुको खोजि कार्य तीब्र बनाइएको छ । प्रहरीले स्थानीयलाई खोजीकार्यमा सहयोग गर्न आग्रहसमेत गरेको छ ।
Facebook Comments Box