जनकपुरधाम । प्रत्येक बर्ष होलीका अवसरमा प्रदान गरिने यस वर्षको महामुर्खको उपाधि मह जोडीलाई प्रदान गरिएको छ।
होली पर्वको अवसरमा जनकपुरमा मिथिला नाट्य कला परिषदद्वारा प्रत्येक वर्ष आयोजना गरिने महामुर्ख सम्मेलनमा राजनीतिक छविका व्यक्तित्वलाई प्रदान गरिने भए पनि यस वर्ष मह जोडी अर्थात् कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिएको हो।
महामुर्खको उपाधि पाएपछि महजोडीलाई प्रशंसा पत्र, मिथिला चित्रकला, फूल तथा विभिन्न तरकारीमिश्रित माला र दोसल्ला ओढाएर सुशोभन गरियो।
सम्मान ग्रहण गर्दै मदनकृष्णले ४० वर्षको कलाकारिता जीवनमा कैयौं पुरस्कारहरू पाएर हर्षित भए पनि परिषदले दिएको महामुर्खको उपाधि पाउँदा खास अनुभूति गराएको बताए।
Facebook Comments Box