आइतबार पहाडि जिल्लामा होली मनाईँदैछ । तर कोरोना कहरका कारण हालीको रौनक भने फिक्का देखिएको छ ।
केही ठाउँ समूहमा भेला भएर होली खेलेको देखिए पनि दुई वर्षअघि जस्तो रौनक देखिएको छैन ।
यसअघि गएको वर्षपनि कोरोना भाइरस संक्रमणको त्रासका कारण होली नखेल्न सरकारले आग्रह गरेको थियो ।
यो वर्षपनि कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै सरकारले नागरिकलाई घरमा नै बसेर होली मनाउन आग्रह गरेको छ । आग्रह नमाने कारवाही गर्ने चेतावनी समेत सरकारले दिएपछि होलीको रौनक खासै देखिएको छैन।



Facebook Comments Box