अर्जुनधारा । कालिका पीठ कालीस्थानको १८ औ बार्षिक साधारणसभाले ज्योतिषाचार्य लक्ष्मीप्रसाद पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
समितिको उपाध्यक्षमा डिल्लीराम दाहाल, लक्ष्मीप्रसाद मिश्र र कर्ण तामाङ चयन भएका छन्। आयोजित साधारणसभामा पदमलाल श्रेष्ठ नेतृत्वको निर्वाचन समितिले सर्बसम्मत नेतृत्व चयन गरेको हो।
समितिको सचिबमा भोलानाथ पोखरेल, सहसचिवमा रामप्रसाद दाहाल, कोषध्यक्षमा खडानन्द खतिवडा चयन भएका छन्।
समितिका सदस्यहरुमा रेनुका बस्नेत, तारा गिरी, रुपनारायण भणडारी, प्रेमप्रसाद पोखरेल, बिन्दु मिश्र, कुलप्रसाद अधिकारी, देबिमाया पोखरेल, राजेन्द्र अधिकारी, खोमनाथ मिश्र, भानु निरौला, पुस्प पोखरेल, अनिता गोम्देन, गान्धारी मिश्र र मनोज गोम्देन चयन भएका छन्।
साधारणसभाले जयधर्म पोखरेल, गोपाल खतिवडा र दामोदर दाहाललाई लेखासमितिमा चयन गरेको छ ।
यसैगरी साधारण सभाले दुर्गालाल श्रेष्ठ, पदमलाल श्रेष्ठ, सन्तबहादुर गोम्देन, देबुसिङ तामाङ, ओमप्रकाश दाहाल, पर्शुराम कट्वाल र बलदेवसिङ गोम्देनलाई सल्लाहकारमा मनोनयन गरेको छ ।
साधारण सभाकैबीच पीठमा नवनिर्मित छात्रबासको उद्घाटन गरिएको छ। दानदाताहरुको सहयोगमा डेढकरोड रुपैयाँ बढीको लागतमा निर्माण भएको तीनतले छात्रबासको अर्जुनधारा नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि हरिकुमार रानाले उद्घाटन गरेका हुन्।

साधारणसभा उद्घाटन समारोहमा वैदिक सँस्कृतिको संरक्षणमा पुर्याएको योगदानको कदर गर्दै पं. नारायण भट्टराईलाई सम्मान गरिएको थियो।

कार्यक्रममा पीठमा अध्ययनरत विद्यार्थीमध्ये विभिन्न बिधामा उत्कृष्ट केशव अधिकारी, प्रवेश खतिवडा, विशाल अधिकारी र सागर अधिकारीलाई सम्मान गरिएको थियो।
ज्योतिविद् लक्ष्मीप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राना, प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेली, सम्मानित ब्यक्तित्व भट्टराई, दामोदर पोखरेल, पदमलाल श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए।
बलदेव गोम्देनको प्रमुख आतिथ्यमा सम्पन्न बन्दशत्रमा सचिब भोलानाथ पोखरेलले संस्थाको प्रतिबेदन र कोषध्यक्ष खडानन्द खतिवडाले लेखा प्रतिबेदन प्रस्तुत थिए।

