बिर्तामोड । संसदीय मामिला पत्रकार समाजको कोषाध्यक्षमा झापाली सञ्चारकर्मी सृजना घिमिरे निर्विरोध निर्वाचित भएकी छिन्।
घिमिरे आयोमेल अनलाइनको बरिष्ठ उप-सम्पादकको रुपमा कार्यरत छिन्।
संघीय संसद भवन नयाँ बानेश्वरमा शनिवार भएको समाजको निर्वाचनमार्फत घिमिरे आगामी कार्यकालका लागि निर्विरोध निर्वाचित भएकी हुन्।
यस्तै समाजको अध्यक्षमा सञ्जिव बगाले, उपाध्यक्ष खुलामा डिपि उपाध्याय, महिला उपाध्यक्षमा तुलसी सापकोटा, महासचिवमा विष्णु खड्का, सचिव (खुला) मा जयसिंह महरा, सचिव (समावेशी) मा दिपेश श्रेष्ठ, खुला सदस्यमा किरन दाहाल, आकाश क्षेत्री, अंगराज न्यौपाने, शम्भु दंगाल, समावेशी सदस्यमा फोटोबाट रोशन सापकोटा, भिडियोबाट अमरदीप श्रेष्ठ तथा समावेशी सदस्यमा सविता शर्मा र केशव भुल चयन भएका छन्।
नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा कुल १३६ सदस्यमा १३४ जनाले मत दिएका थिए। जसमा अध्यक्षमा निर्वाचित भएका बगालेले ७९ र उनका प्रतिद्वन्द्वी कृष्णा पौडेलले ५५ मत पाइन्।
संघीय संसदलाई मूख्य कार्यथलो बनाएर रिपोर्टिङ गर्ने संसदीय मामिला पत्रकार समाजको नयाँ नेतृत्व चयनका लागि शनिवार निर्वाचन भएको थियो।