काठमाडौं । भारतको जेलमा ४० वर्ष बिताएर फर्किएका इलामको माइ नगरपालिका १० का दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकता पाएका छन्।
भतिज गोपाल तिम्सिना र भिनाजुसहित जिल्ला प्रशासन कार्यालय इलाम पुगेका उनलाई सहायक प्रमुख जिल्ला अधिकारी देवीचरण फुयाँल र प्रशासकीय अधिकृत र धरेन्द्र चापागाईँले नागरिकता प्रमाणपत्र उपलब्ध गराएका हुन्।
बिनाकसुर ४० वर्ष भारतीय जेलमा बन्दी जीवन बिताएका उनको स्वास्थ्यमा समस्या देखिएकोले प्रदेश सरकारले निःशूल्क उपचार गर्ने भएको छ।
Facebook Comments Box