भद्रपुर । जिल्ला प्रशासन कार्यालय झापाकाे प्रशासकीय भवनकाे बुधवार एक कार्यक्रमका बीच उद्घाटन गरिएकाे छ । सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथाेकीले रिवन काटेर उक्त भवनकाे उद्घाटन गरेका थिए ।
जिल्ला प्रशासन कार्यलय झापाकाे प्रशासनिक भवनकाे उद्घाटन एवम शुभ दिपावली, छठ तथा नेपाल सम्भतकाे शुभकामना अादन प्रदान कार्यक्रमा बाेल्दै मन्त्री बुढाथाेकीले सरकारमा रहेको नेपाली कांग्रेससंग सल्लाह नगरी नेकपा माओवादी केन्द्रले विपक्षमा रहेको पार्टीसंग मिलेर अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगका प्रमुख लाेकमान सिंह कार्की विरूद्ध महाअभियोग प्रस्ताव ल्याएको भन्दै आक्रोस पोखेका थिए ।
कार्यक्रममा बाेल्दै मन्त्री बुढाथाेकीले भाैगाेलिक संरचना संगै प्रशासनिक संरचना गर्न जरूरी रहेकाे समेत बताए । उनले तीन तहकाे भाैगाेलिक संरचना अनुसार प्रशासनिक संरचना तयार गर्नु पर्ने बताए ।
प्रशासकीय भवन, प्रमुख जिल्ला अधिकारीकाे अावास तथा सुरक्षा गार्ड क्वाटर रहेकाे अावास गृहकाे कूल लागत मूल्य अभिवृद्धि कर सहित एक कराेड ६७ लाख ९४ हजार ९४३ रूपैंया रहेकाे सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय इलामका लेखा अधिकृत केशव प्रसाद भट्टराइले जानकारी दिए ।
उक्त भवनकाे भुई तल्लामा तीस जना क्षमताकाे बैठक हल एउटा र अन्य ३ वटा काेठाहरू रहेका छन् । त्यसैगरी पहिलाे तलामा एउटा भान्सा काेठा , दुई वटा पाहुना काेठा, एउटा प्रजिअ अावास काेठा, एउटा मिनी बैठक काेठा रहेकाे छ ।
उक्त भवन अावासकाे रूपमा मात्र नभई प्रशासनिक कार्य समेत गर्ने प्रयाेजन भएकाले गृह मन्त्रालयकाे निर्देशन र कार्यलयकाे अावश्यकता अनुसार बिदाकाे दिनमा समेत कार्य सम्पादन गरिने बताइएकाे छ ।
शाह इन्जिनीयरिङ्ग कन्स्ट्रक्सन , काेटेश्वर, काठमाण्डाैंले निर्माण सम्पन्न गरेको उक्त भवनकाे सुपरभिजन सहरी विकास तथा भवन निर्माण विभाग , डिभिजन कार्यलय इलामले गरेकाे थियाे ।
सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथाेकीकाे प्रमुख अतिथ्यता, प्रमुख जिल्ला अधिकारी मदन भूजेलकाे सभापतित्व मा भएकाे कार्यक्रममा स्वागत सहायक प्रजिअ डम्बरूप्रसाद निराैलाले गरेका थिए । कार्यक्रमकाे संचालन प्रशासकीय अधिकृत दिनानाथ लम्सालले गरेका थिए ।