बिर्तामोड । झापाको भद्रपुरमा एक व्यक्तिले ढुंगा प्रहारगरि पत्नीको हत्या गरेका छन्।
ढुंगा प्रहारगरि पत्नीको हत्या गर्ने ती व्यक्ति पक्राउ परेका छन्।
भद्रपुर नगरपालिका ७ बुधकरण टी स्टेटको १० नम्बर क्वाटरमा बसोबास गर्दै आइरहेका अन्दाजी ६० वर्षीय साहिबा उराउले पत्नी ५७ बर्षीया फुलसिता उराउको हत्या गरेका हुन्।
पत्नीको हत्या गरेको आरोपमा प्रहरीले साहिबालाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए।
उनका अनुसार सोमबार दिउँसो ३ बजे पति-पत्नी दुवै जना मदिरा सेवागरि झगडा गरेका थिए।
झगडाको क्रममा साहिबाले उनकी पत्नीको टाउकोमा ढुङ्गा प्रहार गरेका थिए।
Facebook Comments Box