काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिकाकी १२ वर्षीया बालिकाको भारतमा सामूहिक बलात्कार पछि हत्या भएको छ ।
भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लाको कुण्डवा चैनपुरमा १२ वर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको हो ।
बालिकाका भिनाजु नवलसिंह विकका अनुसार बालिकाको सामूहिक बलात्कारपश्तात् हत्या गरेर जबर्जस्ती शव जलाइएको छ । माघ ८ गते बालिकाकी आमा नेपाल आएको र बालिकाका बाबु काम गर्न गएको बेला घटना भएको परिवारले जनाएको छ ।
बालिकाको घाँटीमा निल डाम देखेको र तत्कालै अस्पताल लगे पनि उपचार नभएको आफन्तले जनाएका छन । प्रहरीकै सहयोगमा शब रातारात जलाइएको र १२ जना विरुद्ध जाहेरी दर्ता भएको छ ।
पछिल्लो समय देशका विभिन्न भागमा पुनः बलात्कार र हत्याका घट्ना बढ्न थालेका छन् ।
Facebook Comments Box