बिर्तामोड । इलाका प्रहरी अनारमनी विर्तामोडले चोरी गरेको ल्याप्टप कम्युटर बेच्न खोज्ने दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दमक नगरपालिका वार्ड नं ७ का ३० बर्षिय अजय मल्लिक र २० बर्षिय देव परियार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
उनीहरुले एसर र एचपी ब्रान्डका २ वटा ल्याप्टप कम्प्युटर सस्तो मूल्यमा बेच्न लाग्दा प्रहरीले पक्राउ गरेको हो।
उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box