सुनसरी । सुन जस्तै धातु देखाएर ठगी गर्ने एक भारतीयलाई प्रहरीले आइतबार सुनसरीको इटहरीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा दमक–१२ बस्ने अन्दाजी ३० वर्षिय सन्तोषकुमार नेपाली रहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
आफ्नो घर भारत बताउने उनले सर्वसाधारणलाई सुन जस्तो धातु देखाई ठगी गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय ईटहरीको टोलीले बिहान ईटहरी उपमहानगरपालिका–१ स्थित कृषि बिकास बैक नजिकैबाट पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिलाई हाल ईलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box