धाइजन । पूर्व–पश्चिम राजगमार्ग अन्तरगत झापाको धाइजनमा सवारी दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।
धाइजन–६, सहरेडाँगीमा मे १ ह १९१४ नम्बरको टेम्पोले सोही दिशाबाट आउँदै गरेको मे १ प १८४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाकल चालक इलाम ईरौटार–४ बस्ने राजकुमार मुखिया र पछाडी सवार सोही ठाउँका हेमकुमार मगर घाइते भएका हुन् ।
घाइते दुवैको विर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । उता, टेम्पोका चालक भने फरार छन् ।
Facebook Comments Box