झापा । साथीहरुसँग पौडी खेल्न भनेर कनकाई नदीमा पुगेका एक बालक बेपत्ता छन् ।
वेपत्ता हुनेमा कनकाई नगरपालिका-१, झापा बस्ने चुडामणि ढकालका छोरा १४ वर्षीय सुदन ढकाल रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कनकाई मावि, सुरुङ्गाको कक्षा १० मा अध्ययनरत उनी अन्य साथीहरुसँग शनिबार दिउँसो पौडी खेल्न शिवसताक्षी-५, टेक्रा नजिकै रहेको माइखोलामा पुगेका थिए ।
अन्य साथीहरु भने सकुशल फर्किएका छन् । वेपत्ता ढकालको खाजीमा शनिबार साँझसम्म प्रहरी र स्थानीयको टोली खटेको भए उनी फेला परेनन् ।
ढकालका आफन्त एवम् स्थानीय सञ्चारकर्मी चन्द्र बस्नेतका अनुसार आइतबार विहानैदेखि उनको खोजी कार्य सुरु गरिएको छ ।
Facebook Comments Box